|||::.. You are heartly Welcome to in www.SherGhale.Blogsome.com web site and if you have any comments,news and anythings for publish plesase send me in this add thagu41@hotmail.com , ghalenepal2000@yahoo.com and yesghale@gmail.com Thank you-Sher Ghale.यहाँ हरु लाई यो साअएट मा स्वागत छ । धन्यवाद-शेर घले । ..::|||

http://sherghale.blogsome.com

विर्सी जानेलाई 
आज धेरै दिनपछि त्‍यो पुरानो बाटो हिडे
जुन बाटोमा म पहिले सधै हिड्‍ने गर्थे
जहा कोईली सुरिलो भाकाहालेर गाउने गर्थ्‍यो 
जहा मेरी प्रियसी मलाई कुरेर बस्‍नेगर्थीन
म पुग्‍दा मुस्‍कुराउथिन,लज्‍जाउथिन र मलाई छुन्‍थिन
हो,आज पनि म त्‍यही बाटोमा पाईला सार्दैछू 
तर त्‍यहा सुरीलो गित गाउने कोईली छैन 
पात हल्‍लाई स्‍वागत गर्ने लहरा हरु छैनन्‌
नहिडेको धेरै भयोकी क्‍यारे ! कोही छैनन्‌ 
अचम्‍म छ की मेरी प्रियसी त्‍यही बसेकी छे।

किन ?
सधै जित तिम्रो हुन्‍थ्‍यो आज हार्‍यौ किन ?
जानेबेला अभागीको आसु झार्‍यौ किन ?
धेरै पटक तिमीलाई बोलाएको पनि छु
फुर्सद छैन भनि टार्यौ किन ?
न त अब माया न त कहिल्‍यै भेट होला
कयौ पटक गुलाब पनि दिएको थिए
चाहिदैन भनेर फ्‍याक्‍यौ किन ?

अव फस्‍ने छैन।
गल्‍ती गरे अव फेरी फस्‍ने छैन।
तिम्रो पछी लागी हाले अब लाग्‍ने छैन।
तिम्रो साथ पाउछु भनेर हात मैले दिए 
तिम्रो साथ पाए पनि अब दिने छैन।
धेरै चोट खाईसके छोटो जिन्‍दगीमा 
बिगत सम्‍झेर अब रुने छैन। 
टुक्रिसक्‍यो मन मेरो अब जोडिने छैन।
तिमी सँग प्रेमको भिख अब माग्‍ने छैन।
सायद गल्‍तिमेरै थियो स्‍विकार्दै छु आज
त्‍यसैले कसैको नटकीय प्रेममा अब फस्‍ने छैन।

जिन्‍दगी
ठँाउ-ठाउमा टुटेपनि जमेकोछ जिन्‍दगी
वेदनाको सागर बिच रमेकोछ जिन्‍दगी
आगोबनि दुनियाले तापेकोछ जिन्‍दगी
आसु र रोदनले कामेकोछ जिन्‍दगी
जन्‍जारको डोरीले बेरेकोछ जिन्‍दगी
रम्‍न खोज्‍दा धर्तीमा मरेकोछ जिन्‍दगी
प्रेमको पिडामा देबदास भएछ जिन्‍दगी
मर्नु भन्‍दा वाच्‍न गह्रो भा छ जिन्‍दगी

 रात केवल एक प्रहर
रात केवल एक प्रहर बाँकी

तिन प्रहरको अन्तिम असर बाँकी
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी
कैयौँले यहाँ रातको गीत...........
मेरो सासमा तिम्रो मिलनको आस अझै बाँकी

मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी

भुल्न सकिन्छ कसरी धराकास मिलनको रात
जिन्दगीमा तिम्रो अँगालोको आभास अझै बाँकी छ..........
तिमीलाई यो भन्न चाहन्छु

तिमीलाई आफ्नो बनाउन चाहन्छु

दु: अनि पिडा भुलेर,
तिमीलाई आफ्नो बनाउन चाहन्छु  ……………. 

emoticonemoticonemoticon
म तिमीलाई यो भन्न चाहन्छु
तिमीलाई आफ्नो बनाउन चाहन्छु
दु:ख अनि पिडा भुलेर,
तिमीलाई आफ्नो बनाउन चाहन्छु
            

केवल तिम्रो इजाजत भए,
तिम्रो मनको कुनामा बस्न चाहन्छु
हाम्रो मायाको उदाहरण,
यो संसारलाई देखाउन चाहन्छु           

हरेक पल तिम्रो लागि प्रार्थना गर्न चाहन्छु
हरपलको तिम्रो साथ चाहन्छु           

केवल तिम्रो यादमा म,
सारा जिवन बिताउन चाहन्छु
आज म यो भन्न चाहन्छु
केवल म तिमीलाई चाहन्छु।
हरपलको तिम्रो साथ चाहन्छु।।

emoticonemoticon

जब तिम्रो मन्द मुस्कान चल्न थाल्यो।
हेर बन्द हावा बिस्तारै बग्न थाल्यो।

सिसा जस्तै टुऋएको यो जिन्दगी।
मन्द मुस्कान,अनि बन्द धड्कन चल्न थाल्यो।

तिमी नै थियौ मलाई अनि मैले धेरै मनपराउने ।
तिमी हास्दाँ मेरो पिडा घट्न थाल्यो।

मन मेरो जल्दा पनि तिम्रो सितल्ताले भीजाउने।
तिमी हास्दाँ स्वक्षछन्द प्रीत बढन थाल्यो।
स्वक्षछन्द प्रीत बढन थाल्यो।  

    emoticon   emoticon

झरेका यी खुसीहरु आशुसगं पिउन देउ।
बेवारीसे अर्धलास केहि पल जिउन देउ।।

सजाएथे सुन्दर मुर्ति मनको मन्दिर माझमा।
कुन भुलको सजाए हो छोड्यौ साथ साझमा।।

रहरहरु फाटी सके बिवस्ता नै सीउन देउ।
बेवारीसे अर्धलास केहि पल जिउन देउ।।

आशु मेरो हासो बन्यो पीडा बन्यो जिन्दगी।
बाकी छ यो बाझो जीवन् सुम्पी दिन्छु बन्दकी।।

आशा जति मरि सके निरशा मै पीउन देउ।
बेवारीसे अर्धलास केहि पल जिउन देउ।।

See it where are you?
View Larger Map
web hosting companies link
SHER GHALE